निजी क्षेत्रमैत्री वातावरण बनाउने सांसदहरूको प्रतिबद्धता

हिमाल प्रेस ३ भदौ २०८१ १५:३०
10
SHARES
निजी क्षेत्रमैत्री वातावरण बनाउने सांसदहरूको प्रतिबद्धता नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको दिगो विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरू।

काठमाडौँ– संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूले निजी क्षेत्रमैत्री नीति निर्माण आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको दिगो विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित एक सयभन्दा बढी सांसदहरूले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहको बताए। साथै उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास भइरहेको जानकारी गराए।

निरन्तर निजी क्षेत्रसँग संवाद गरी उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको एवं तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको उनको भनाइ थियो।
अर्थमन्त्री पौडेलले आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरीय सुधार आयोगले अध्ययन गरी अल्प, मध्य र दीर्घकालीन सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याए। साथै सरकारले बनाउने कुनै पनि कानुन एकोहारो ढंगले नलादने उनको भनाइ थियो।

महासंघले संसदमा विचाराधीन र निजी क्षेत्र सम्बद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रूपमा उद्यमी व्यवासीका सुझाव प्रस्तुत गरेको थियो।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारको जानकारी दिए। उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगको दर्ता हुने क्रम बताए। पहिले निजी क्षेत्र बजेटमा सुझाव दिने मात्रै रहेकोमा हाल महासंघले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको उनको भनाइ थियो।

प्रकाशित: ३ भदौ २०८१ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =