अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

हिमाल प्रेस २ भदौ २०८१ १८:१८ | Sunday, August 18, 2024
अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा मनोनित केन्द्रीय सदस्यलाई सपथ गराएका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार आयोजित कार्यक्रममा उनले केन्द्रीय सदस्यद्वय मञ्जुशर्मा चालिसे (बागलुङ) र कुन्दन कुसवाह (रौतहट) लाई सपथ दिलाएका हुन्।

अध्यक्ष ओलीले पार्टीको विधान, २०४९ (संशोधित २०७८० को धारा ६६ को २ ९च) मा भएको व्यवस्थाअनुसार मनोनित केन्द्रीय सदस्यलाई सपथ गराएका हुन्।

गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १६ जना केन्द्रीय सदस्यलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो।

मनोनित गरिएका दुई जना केन्द्रीय सदस्य शपथ छुटेकाले आइतबार गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए। बाँकी सदस्यलाई गत साउन २० गते शपथ गराइएको थियो।

प्रकाशित: २ भदौ २०८१ १८:१८ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast