लुम्बिनी एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, गएनन गिरी

हिमाल प्रेस १ भदौ २०८१ १८:५३ | Saturday, August 17, 2024
लुम्बिनी एमाले संसदीय दलको नेतामा  मुख्यमन्त्री  आचार्य चयन, गएनन गिरी

लुम्बिनी– नेकपा एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्। मुख्यमन्त्रीको निवास बुटवलमा शनिबार प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो।

यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि संसदीय दलको नेता चयन गरिएको हो।

यस्तै बैठकले दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। दलका नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन्। चौधरी यसअघि पनि प्रमुख सचेतक थिए। सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन्।

मुख्यमन्त्रीका लागि दावी पेश गर्न निवेदन तयार गरिरहेका बेला पार्टी महासचिव शंकर पोखरेलले गिरीको ठाउँमा आचार्यको नाम लेख्न भनेपछि गिरी रुष्ट भएर प्रदेश प्रमुखको कार्यालयमा नगई घर फर्केका थिए। गिरी शनिबारको संसदीय दलको वैठकमा समेत उपस्थित भएनन्।

प्रकाशित: १ भदौ २०८१ १८:५३ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast