गाईजात्राको दिन बागमती प्रदेशले दियो सार्वजनिक बिदा

हिमाल प्रेस ३२ साउन २०८१ १९:४९ | Friday, August 16, 2024
गाईजात्राको दिन बागमती प्रदेशले दियो सार्वजनिक बिदा

मकवानपुर- बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (शुक्रबार) को प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। साथै मन्त्रालयगतरूपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उनले बताए।

प्रकाशित: ३२ साउन २०८१ १९:४९ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast