कांग्रेस-एमालेले सबैको साथ लिएर संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला

हिमाल प्रेस ३२ साउन २०८१ १२:२६ | Friday, August 16, 2024
कांग्रेस-एमालेले सबैको साथ लिएर संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन्। आज शुक्रबार मोरङको बूढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए। कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने उल्लेख गरे।

कोइरालाले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्र हेर्ने पनि क्षेत्राधिकार दिन नहुने जिकिर गरे।

नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बूढीगंगा गाउँपालिकाले मिर्गौला, मुटु तथा मधुमेहसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गरेको हो। नेता कोइरालाले बिरामी जाँच्दै नि:शुल्क स्वास्थ्य शिविर शुभारम्भ गरे।

प्रकाशित: ३२ साउन २०८१ १२:२६ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast