कोशीमा डेंगु नियन्त्रण चुनौतीपूर्ण

हिमाल प्रेस ३१ साउन २०८१ ११:१४
8
SHARES
कोशीमा डेंगु नियन्त्रण चुनौतीपूर्ण सांकेतिक तस्बिर।

काठमाडौँ- कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीले बताएका छन्। बितेका चार महिनामा कोशी प्रदेशमा पाँच सय ८२ जना डेंगु संक्रमित भएका छन्। डेंगुबाट एकजनाको मृत्यु समेत भइसकेको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयले बुधबार साँझ मोरङका स्थानीय तहका प्रमुख–उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा गरेको डेंगु नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो। यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना संक्रमित थपिएका हुन्।

धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, संखुवासभामा ३०, भोजपुरमा २५, ओखलढुंगामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना संक्रमित भएका छन्।

मोरङको लेटाङ नगरपालिकामा संक्रमितको संख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताए। रासस

प्रकाशित: ३१ साउन २०८१ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =