जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

हिमाल प्रेस ३१ साउन २०८१ १०:०२ | Thursday, August 15, 2024
जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई अभियानमा खटाएको छ। ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चारदिन सम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेताहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाएको हो।

पार्टीका दुई सय पन्ध्र केन्द्रीय सदस्यलाई देशभरीका विभिन्न पालिका समितिको अभियन्ताको रूपमा खटाएको हो। सबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेशसभा र संघीय निर्वाचन क्षेत्रस्तरसम्म संगठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ।

अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने छ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको अनुगमनका लागि खटाइने छ। तोकिएका अभियन्ताहरुलाई प्रदेशस्तरिय अभिमुखीकरणको आयोजना गरिने भएको छ।

जसअनुसार विराटनगरमा भाद्र १८ गते, जनकपुरमा भाद्र १५ गते, वीरगञ्जमा भाद्र १७ गते, काठमाण्डौमा भाद्र ९ गते, भैरहवामा भाद्र २३ गते, नेपालगञ्जमा भाद्र २४ गते, पोखरामा भाद्र २५ गते र टिकापुर धनगढीमा भाद्र २५ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने छ।

अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्यहरू, अभियन्ताहरू, केन्द्र्रीय निकाय, विभागका प्रमुख तथा सदस्यहरू, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधिहरु तथा जनसंगठनका पदाधिकरीहरु सहभागी हुनेछन्।

सो अभियान आगामी भाद्र महिनादेखि सुरु भई मंसिर मसान्तसम्म अभियान सञ्चालन हुने छ।

प्रकाशित: ३१ साउन २०८१ १०:०२ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast