विदेशी मुद्राको विनिमयदर सार्वजनिक

हिमाल प्रेस २८ साउन २०८१ ६:२३
12
SHARES
विदेशी मुद्राको विनिमयदर सार्वजनिक नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। अस्ती र हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा थियो।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा थियो।

प्रकाशित: २८ साउन २०८१ ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =