नेपाल आइपुगे भारतीय विदेश सचिव

हिमाल प्रेस २७ साउन २०८१ ११:३४ | Sunday, August 11, 2024
नेपाल आइपुगे भारतीय विदेश सचिव भारतीय विदेश सचिव विक्रम मिस्रीलाई नेपालमा स्वागत गर्दै परराष्ट्र सचिव सेवा लम्साल। फाइल तस्बिर

काठमाडौँ– भारतीय विदेश सचिव विक्रम मिस्री आज आइतबार नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनी दुई दिन नेपालमा रहनेछन्।

भ्रमणका अवसरमा नेपाल-भारत सम्बन्ध र दुई देशबीचका पारस्परिक हितका विषय, सहयोगलगायतका विषयमा सचिवस्तरीय छलफल हुने बताइएको छ। दुई दिन नेपाल रहँदा उनले नेपाल सरकारका उच्चपदस्थहरूसँग पनि शिष्टाचार भेट गर्नेछन्।

प्रकाशित: २७ साउन २०८१ ११:३४ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast