काठमाडौँ – बंगलादेशमा अन्तरिम सरकारको प्रमुख सल्लाहकार पदमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले शपथ लिएका छन्।
बिहीबार राति युनुसले सरकारको प्रमुख सल्लाहकार पदको शपथ लिएका हुन्।
पदभार ग्रहण गर्न उनी बिहीबार फ्रान्सको पेरिसबाट ढाका पुगेका थिए। ढाका पुगे लगत्तै उनले देशका लागि धेरै काम गर्न बाँकी रहेको बताएका थिए।
बंगलादेशका नागरिक उत्साहित रहेको उनको भनाइ थियो।
युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रूपमा मनोनित गर्ने निर्णय राष्ट्रपति मोहम्मद शहाबुद्दिन, सैन्य नेता र विद्यार्थी नेताहरूबीच भएको छलफलपछि लिइएको थियो।
बंगलादेशका आन्दोलनरत विद्यार्थीहरूले सैन्य नेतृत्व भएको सरकार स्वीकार्य नहुने बताएका थिए। यद्यपि उनीहरूले प्राध्यापक युनुसको नेतृत्व भने स्वीकार गरेका छन्।
प्रकाशित: २४ साउन २०८१ २१:२८
प्रतिक्रिया