काठमाडौँ- सरकारले काठमाडौँ उपत्यकामा बिक्री हुने जारको पानीको मूल्यमा तीन रुपैयाँ घटाएको छ।
यसअघि (२० लिटर) क्षमता रहेका जार प्रतिगोटाको अधिकतम बिक्री मूल्य ५० रुपैयाँ रहेकोमा घटाएर अहिले ४७ रुपैयाँ र बोतल (१ लि) प्रतिगोटाको अधिकतम बिक्री मूल्य १६ रुपैयाँ पुर्याएको हो। वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै पानीको मूल्य घटाएको उल्लेख गरेको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी प्रावधान छ।
प्रकाशित: २४ साउन २०८१ ६:४५ | Thursday, August 8, 2024
प्रतिक्रिया




