कति होला आज विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस २३ साउन २०८१ ६:२५
2
SHARE
कति होला आज विदेशी मुद्राको विनिमय दर? फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।
अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ। हिजो पनि बढेर उच्च रेकर्ड बनाएको अमेरिकी डलरले आज फेरि अर्को रेकर्ड कायम गरेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा थियो। युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३२ पैसा थियो। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ११ र बिक्रीदर ३५६ रुपैयाँ ७१ पैसा थियो।

 

प्रकाशित: २३ साउन २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =