दलसम्बन्धी ऐन संशोधनमा नेतृत्वदायी भूमिका खेल्ने गृहमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस २२ साउन २०८१ १५:२१
24
SHARES
दलसम्बन्धी ऐन संशोधनमा नेतृत्वदायी भूमिका खेल्ने गृहमन्त्रीको प्रतिबद्धता रमेश लेखक।

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले निर्वाचन आयोगको भवनलगायत पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधनका विषयमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन्।

निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार भएको छलफलमा मन्त्री लेखकले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको र आयोगले पारदर्शी, स्वच्छ, स्वन्त्रत, निष्पक्ष र विश्वसनीय निर्वाचन सञ्चालन र व्यवस्थापनमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको बताए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवम् स्वायत्त आयोगको दायित्वका बारेमा प्रस्ट पारेका थिए।

उनले निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिस्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रस्ट पारेका थिए।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो।

प्रकाशित: २२ साउन २०८१ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast