सहरी क्षेत्रका समस्या समाधान गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

हिमाल प्रेस २२ साउन २०८१ १२:४३
12
SHARES
सहरी क्षेत्रका समस्या समाधान गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह।

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्ने उद्देश्यले गठन भएको बताएका छन्।

सहरी विकास मन्त्रालयमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेको बताए। उपप्रधानमन्त्री सिंहले भने, ‘सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ।’

फरक प्रसंगमा उनले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उहाँले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने बताए।

प्रकाशित: २२ साउन २०८१ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast