बंगलादेश विरोध प्रदर्शन : ५० बढीको मृत्यु

हिमाल प्रेस २० साउन २०८१ २१:३४
14
SHARES
बंगलादेश विरोध प्रदर्शन : ५० बढीको मृत्यु बंगलादेशमा भइरहेको आन्दोलन।

काठमाडौँ- बंगलादेशमा सरकारविरोधी प्रदर्शनमा ५९ जनाको मृत्यु भएको छ। सरकारले ल्याएको आरक्षणसम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनमा आइतबार ५९ जनाको ज्यान गएको हो।

बंगलादेशमा विद्यार्थी संगठनहरूले सरकारी सेवामा आरक्षणको विरोध गरिरहेका छन्। आन्दोलनरत विद्यार्थीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले ‘अवज्ञा आन्दोलनको’ घोषणा गरेका छन्।

प्रहरीका अनुसार सिराजगन्ज जिल्लामा हजारभन्दा बढी प्रदर्शनकारीले गरेको आक्रमणमा १३ जना प्रहरी मारिएका छन्।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासको सेल रबरको गोली प्रहार गरेको थियो। विरोध प्रदर्शन अनियन्त्रित हुँदै गएपछि बंगलादेशमा कर्फ्यु लगाइएको छ।

प्रदर्शनमा दुई सयभन्दा बढी मानिस घाइते भएका छन्। सरकारी सेवामा आरक्षण हटाउन माग गर्दै गएको महिनादेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। पछिल्लो समय यो सरकारविरोधी आन्दोलनमा बदलिएको छ।

यसैबीच बंगलादेशको सिलहटस्थित भारतीय सहायक उच्चायोगले कार्यालयको सम्पर्कमा रही सतर्कता अपनाउन निर्देशन दिएको बीबीसीले जनाएको छ।

प्रकाशित: २० साउन २०८१ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast