एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथग्रहण आज

हिमाल प्रेस २० साउन २०८१ ९:५८
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथग्रहण आज फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण कार्यक्रम रहेको छ। पार्टी सचिवालय बैठकबाट मनोनीत भएका पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले आज शपथ लिँदैछन्। गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उनीहरूलाई मनोनीत गरेको थियो।

उनीरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराउने कार्यक्रम रहेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ।

प्रकाशित: २० साउन २०८१ ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast