सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार बन्दै, कमलबहादुर शाह मुख्यमन्त्रीमा दोहोरिने सम्भावना

हिमाल प्रेस २० साउन २०८१ ६:५४
12
SHARES
सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार बन्दै, कमलबहादुर शाह मुख्यमन्त्रीमा दोहोरिने सम्भावना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए। केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो। सोही अनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दामीमा एमालेले पनि समर्थन गर्ने छ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ। आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ।

मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको देखिएको छ । अरू दुई आकांक्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन्।

कांग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ।

प्रकाशित: २० साउन २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast