सेयर बजारमा अवाञ्छित गतिविधि नगर्न अर्थमन्त्रीको निर्देशन

हिमाल प्रेस १८ साउन २०८१ १७:०१
26
SHARES
सेयर बजारमा अवाञ्छित गतिविधि नगर्न अर्थमन्त्रीको निर्देशन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल।

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सेयरबजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिइएको बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाको अर्थसमिति बैठकमा अर्थमन्त्री पौडेलले सेयरबजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको जानकारी दिएका हुन्।

उनले सेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए। पौडेलले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए। अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिनुपर्ने र यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताए।

बैठकमा समिति सदस्य डा. प्रकाशशरण महतले सेयरबजारमा देखापर्ने अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए। उनले कमजोर कम्पनीको सेयर ह्वात्तै बढ्दा चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे।

प्रकाशित: १८ साउन २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =