मानव बेचबिखनविरूद्ध शून्य सहनशीलता अपनाउनुपर्छ : गृहमन्त्री लेखक

हिमाल प्रेस १५ साउन २०८१ २०:४३ | Tuesday, July 30, 2024
मानव बेचबिखनविरूद्ध शून्य सहनशीलता अपनाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजना तथा अनाहत नेपाल, यूएनओडीसी र सोसाइटी फर इन्टिग्रेटेड नेपालको सहकार्यमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा मानव बेचबिखन ओसारपसारविरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनको बाबजुद पनि मानव बेचबिखन अनुसन्धान ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले वर्तमान अवस्थामा मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसको न्यूनीकरण एवम् रोकथामको लागि सबै सरोकारवाला निकायहरू सचेत भएर आपसी सहयोग एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताए।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी सीमित साधन स्रोतका बाबजुद पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एवम् रोकथामको लागि सदैव क्रियाशील रहेको बताए।

प्रकाशित: १५ साउन २०८१ २०:४३ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast