आरजु मन्त्री बनेपछि कांग्रेसले कृषि समितिमा कुसुमलाई बनायो उम्मेदवार

हिमाल प्रेस १४ साउन २०८१ १५:४३ | Monday, July 29, 2024
आरजु मन्त्री बनेपछि  कांग्रेसले कृषि समितिमा कुसुमलाई बनायो उम्मेदवार

काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गराएकी छन्। उनले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको समर्थनमा सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन्।

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन्।

समिति सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिका लागि नयाँ सभापति चयनको प्रक्रिया अघि बढेको छ।

प्रकाशित: १४ साउन २०८१ १५:४३ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast