साँझ ५ बजेलाई सर्‍यो सुनुवाइ समितिको बैठक

हिमाल प्रेस १४ साउन २०८१ ११:५७
8
SHARES
साँझ ५ बजेलाई सर्‍यो सुनुवाइ समितिको बैठक

काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ। आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो। बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।

संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएको थियो। आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गर्नेछ।

प्रकाशित: १४ साउन २०८१ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast