काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले प्रारम्भिक बालविकास तथा शिक्षाकाे लागि तयार गरिएकाे भित्री बाहिरी सवावेशी ड्रइङ्ग डिजाइनबारे सुझाव माग गरेको छ।
हिमाल, पहाड र तराई क्षेत्रमा समावेशी ड्रइङ्गबारे साउन मसान्तभित्र केन्द्रकाे इमेल ठेगाना: [email protected] मा सुझाव पठाउन सकिनेछ।
केन्द्रद्वारा जारी उक्त सुझाव पुस्तिकामा उद्देश्य,प्रक्रिया, सैद्धान्तिक अवधारणा, ड्रइङ डिजाइन (हालका कक्षाकोठा), ड्रइङ डिजाइन (नयाँ भवन)माथि प्रकाश पारिएकाे छ।
प्रकाशित: १४ साउन २०८१ १०:४६
प्रतिक्रिया