बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

हिमाल प्रेस १३ साउन २०८१ २०:४७ | Sunday, July 28, 2024
बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने बहादुरसिंह लामा

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले यही साउन १५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको प्रदेससभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

‘विश्वासको मतका लागि पत्र दर्ता भइसकेको छ,’ सचिव दर्जीले भने, ‘पत्रअनुसार नै साउन १५ गते दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ।’

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१०) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित: १३ साउन २०८१ २०:४७ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast