प्रधानमन्त्रीले मंगलबार विशेष निर्देशन दिने

हिमाल प्रेस १३ साउन २०८१ २०:२५
16
SHARES
प्रधानमन्त्रीले मंगलबार विशेष निर्देशन दिने फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरूलाई विशेष निर्देशन दिने भएका छन्।

आइतबार संघीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएका प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिन लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सबै मन्त्रालयका सचिवहरूसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे उनले जानकारी लिएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिए।

सचिव पुष्करका अनुसार सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।

ओली प्रधानमन्त्री भएपछि पहिलोपटक यसप्रकारको बैठक बोलाएका हुन्।

त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो। बिहान साढे ११ बजे चलेको बैठक साँझ साढे ५ बजेसम्म चलेको थियो।

प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतिकरणमाथि आगामी मंगलबारको बैठकमा विशेष निर्देशन दिने कार्यक्रम तय भएको जनाइएको छ।

प्रकाशित: १३ साउन २०८१ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast