सुनसरीबाट एक क्विन्टलबढी गाँजासहित दुई जना नियन्त्रणमा

हिमाल प्रेस १३ साउन २०८१ २०:०८ | Sunday, July 28, 2024
सुनसरीबाट एक क्विन्टलबढी गाँजासहित दुई जना नियन्त्रणमा

काठमाडौँ- सशस्त्र प्रहरी बलले सुनसरीबाट एक क्विन्टलबढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीले ईनरूवा नगरपालिका–९ बबिया चोकबाट आइतबार एक क्विन्टल १६ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरू धनकुटा जिल्लाको साघँरीगढी गाउँपालिका–१ बुढीमोरङ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बु रहेका छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा गणबाट खटिएका सशस्त्र प्रहरी बलले धनकुटाबाट प्रदेस नम्बर १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नियन्त्रणमा लिइएको दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको उनले बताएका छन्।

प्रकाशित: १३ साउन २०८१ २०:०८ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast