पोखरा : पत्रकारमाथि कुटपिट गर्ने पाँच जना पक्राउ

हिमाल प्रेस १३ साउन २०८१ १८:५९ | Sunday, July 28, 2024
पोखरा : पत्रकारमाथि कुटपिट गर्ने पाँच जना पक्राउ

पोखरा- पोखरामा यातायात व्यवसायीको आन्दोलनको समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि हातपात गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा ९, शान्तिवन बस्ने ट्याक्सी चालक वर्ष ४१ को सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा ९, पृथ्वीचोक बस्ने मजदुर वर्ष ३३ को बुद्धिबहादुर बयलकोटी, पोखरा १६, लामाचौर बस्ने बसका सहचालक वर्ष १६ को प्रशान गुरुङ, लमजुङ सुन्दरबजार १, कुन्छा घर भई हाल पोखरा ५, जिरो बस्ने ट्याक्सीचालक वर्ष २८ को सन्तोष बस्नेत र स्याङ्जाको आँधिखोला २, पोखराचौर घर भई हाल पोखरा १७, घारीपाटन बस्ने वर्ष ३५ को टंकबहादुर क्षत्री हुन्।

उनीहरूले पोखराको पृथ्वीचोकमा पत्रकार विनु थापा र सुरज थापामाथि हातपात गरेका थिए। सो घटनाको पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले विरोध जनाएका छन्।

प्रकाशित: १३ साउन २०८१ १८:५९ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast