फिलिपिन्स जाँदै जसपा नेपालका अध्यक्ष यादव

हिमाल प्रेस १३ साउन २०८१ १५:२७
36
SHARES
फिलिपिन्स जाँदै जसपा नेपालका अध्यक्ष यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्सको मनिला जाने भएका छन्। सत्ताबाट बाहिरिएका यादव पाँच दिनका लागि मनिला जान लागेका हुन्।

एसियाली प्रजातान्त्रिक पार्टीहरुको संगठन (सोकडेम एसिया प्यासिफिक) को मंगलबार हुन लागेको स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन अध्यक्ष यादव आइतबार राति फिलिपिन्स जान लागेको उनको सचिवालयले जनाएको छ।

प्रोगेसिभ अलाइन्सको सदस्य समेत रहेको जसपाले त्यसको भोलिपल्ट हुने ग्लोबल कन्फरेनसमा सहभागिता जनाउने भ्रमणमा जान लागेका पार्टी अन्तर्राष्ट्रिय  विभाग प्रमुख अर्जुन थापाले बताए।

थापाले समाजवादका विषयमा पार्टीका तर्फबाट प्रस्तुति दिने तयारी छ। अध्यक्ष यादवले बुधबर प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर ए न्यु प्रोग्रेसिभ एरा’ विषयक बहसमा सम्बोधन गर्ने कार्यक्रम छ। उनले विश्व परिवेश र नेपालको विषय उठाउनेछन्।

त्यसैगरी अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटिजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेछन्। जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य हो। अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम छ।

जसपा नेपालको महाधिवेशनमा समाजवादी नेताहरू नेपाल आएका थिए। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका यादवले पछिल्लो समय विदेशीसँगको सम्पर्क बढाउन थालेका छन्।

प्रकाशित: १३ साउन २०८१ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast