नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाउने

हिमाल प्रेस १२ साउन २०८१ ६:५३
18
SHARES
नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाउने

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारमा अरुण चौधरीलाई राज्यमन्त्री बनाउने भएको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सांसद चौधरीलाई राज्यमन्त्रीमा सिफारिस गरेकी छन् ।

प्रतिनिधि सभामा चार सिट रहेको नाउपाले मन्त्री पाउने सम्भावना क्षीण रहेपछि अध्यक्ष रन्जिताले अरुणलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।

अरुण मन्त्रीका आकाङ्क्षी हुन् । केही समय अघिसम्म रन्जिता निकट रहेका अरुण अहिले रेशम निकट भएका छन् ।

प्रकाशित: १२ साउन २०८१ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast