माओवादी पदाधिकारी बैठक बस्दै, यी विषयमा छलफल हुने

हिमाल प्रेस ११ साउन २०८१ ८:४३ | Friday, July 26, 2024
माओवादी पदाधिकारी बैठक बस्दै, यी विषयमा छलफल हुने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ। साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढीकरण, जनतामाझ जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएकाे छ।

डा‍‌‍.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी छाेडेर माओवादीमा आएका नेताहरूकाे जिम्मेवारीबारे पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए। त्यस्तै समाजवादी माेर्चालाई थप सक्रिया बनाउने विषयले पनि बैठकमा प्रवेश पाउने नेताहरूले बताएका छन्।

प्रकाशित: ११ साउन २०८१ ८:४३ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast