मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री ओलीको चासो

हिमाल प्रेस १० साउन २०८१ २१:०० | Thursday, July 25, 2024
मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने विषयमा आज (बिहीबार) त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजंग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त रंगशाला निर्माणबारे छलफल गरेका हुन्। उक्त विषयलाई प्रधानमन्त्री ओलीले छलफलपछि सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो। उक्त रंगशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि ‘फ्लडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ। उक्त कामका लागि तीन सय दिनको समय सीमा निर्धारण गरिएको छ।

कुलपति एवं प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका पदाधिकारीले त्रिविसभाको आगामी बैठक र ग्रेसलिस्टबारे पनि छलफल गरेका थिए।

प्रकाशित: १० साउन २०८१ २१:०० | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast