शिवराज अधिकारी
काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका सदस्य अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै आजकै बैठकले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रकाशित: १० साउन २०८१ १७:२८ | Thursday, July 25, 2024
प्रतिक्रिया





