विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने, ‘दुःखदायी घटना नहाेस् भन्नेतर्फ सजग रहनुपर्छ’

हिमाल प्रेस ९ साउन २०८१ १९:३१ | Wednesday, July 24, 2024
विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने, ‘दुःखदायी घटना नहाेस् भन्नेतर्फ सजग रहनुपर्छ’ केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता दुःखदायी घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनास्थल अवलोकनपछि नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा आज (बुधबार) बिफ्रिङ लिँदै प्रधानमन्त्रीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता घटना नहोस् भन्नेतर्फ सजग रहनुपर्ने बताए।

उनले घटना कसरी भयो, मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रहसमेत गरे। प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद्, हृदयविदारक र अकल्पनीय भएको बताए।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा र कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला थिए।

आज (बुधबार) बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो।

प्रकाशित: ९ साउन २०८१ १९:३१ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast