कांग्रेस-एमालेबीच भागबन्डा मिलाएर शपथ गर्दैछन् लुम्बिनीका मुख्यमन्त्री

हिमाल प्रेस ९ साउन २०८१ ६:४३ | Wednesday, July 24, 2024
कांग्रेस-एमालेबीच भागबन्डा मिलाएर शपथ गर्दैछन् लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य

काठमाडौँ- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ ग्रहण गर्दैछन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। दुई दलबीच मन्त्रालय भागबन्डा गरेर मन्त्रीहरूको समेत टुंगो लगाएर आचार्यले आज शपथ ग्रहण गर्न लागेका हुन्।

मुख्ममन्त्रीसहित मन्त्रीहरुको शपथ बिहान साढे ८ बजे राखिएको छ। प्रदेशमा हाल रहेका ११ मन्त्रालयलाई कायमै राखेर भागबन्डा गरिने दलहरूले जनाएका छन्। लुम्बिनीमा कांग्रेसले ५ र एमालेले मुख्मन्त्रीसहित ४ मन्त्रालय पाउने सहमति भएको छ। सानादललाई पनि २ मन्त्रालय दिने कांग्रेस-एमालेको तयारी छ। कांग्रेसले मन्त्री बन्ने ५ जनाको टुंगो लगाएको छ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन्। एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीमा २ पुराना र २ नयाँ अनुहार पठाउने भएको छ।

प्रकाशित: ९ साउन २०८१ ६:४३ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast