बागमतीको मुख्यमन्त्री बने बहादुरसिंह लामा

हिमाल प्रेस ८ साउन २०८१ १७:२९ | Tuesday, July 23, 2024
बागमतीको मुख्यमन्त्री बने बहादुरसिंह लामा बहादुरसिंह लामा

काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्ति गरेको पत्र हस्तान्तरण गरिसकेका छन्।

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको थियो। केन्द्रीय समीकरणअनुसार कांग्रेस–एमालेसहितको गठबन्धनको सरकार प्रदेशमा पनि निर्माण भएको हो।

आज मंगलबार बिहानै कांग्रेस-एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। आज साँझ पाँच बजेसम्मको समय दिएर प्रदेश प्रमुखले दाबी पेसका लागि समय तोकेका थिए।

बागमतीमा कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने, यसरी भयो सहमति

प्रकाशित: ८ साउन २०८१ १७:२९ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast