१२ देशमा पुग्यो ७ करोड १९ हजारको चिउरा

हिमाल प्रेस ८ साउन २०८१ १३:४९ | Tuesday, July 23, 2024
१२ देशमा पुग्यो ७ करोड १९ हजारको चिउरा

काठमाडौँ- नेपालमा उत्पादन भएको चिउरा १२ देशमा निर्यात भएको छ। गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट ३ लाख १४ हजार ६८६ किलो चिउरा निर्यात हुँदा ७ करोड १९ हजार रुपैयाँको रकम भित्रिएको हो।

अस्ट्रेलियामा १ लाख ६६ हजार ४०८ किलो निर्यात हुँदा ४ करोड १५ लाख ११ हजार रुपैयाँ भित्रिएको छ। बेल्जियममा ८ हजार ३८१ किलो चिउरा निर्यात हुँदा १६ लाख ६९ हजार रुपैयाँ, क्यानडामा ३ हजार ९३ किलो निर्यात हुँदा ६ लाख ६७ हजार र चीनमा २५ सय किलोको निर्यात हुँदा ३ लाख ४० हजार रुपैयाँ भित्रिएको छ।

जर्मनीमा ३४ सय किलो चिउरा निर्यात हुँदा ९ लाख ३ हजार रुपैयाँ, हङकङमा ३ सय किलो चिउरा निर्यात हुँदा ४४ हजार रुपैयाँ भित्रिएको भन्सार विभागको विवरणमा उल्लखे छ।

भारतमा ५ हजार ६६ किलो चिउरा निर्यात हुँदा ७ लाख २० हजार, इटालीमा २७ हजार ४०९ किलो निर्यात हुँदा ६१ लाख ६९ हजार, जापानमा ३६ हजार ७६८ किलोको ४९ लाख ७ हजार र  कोरियामा १० हजार ९७९ किलो निर्यात हुँदा २५ लाख ६० हजार रकम भित्रिएको छ। मलेसियामा १२ हजार ७२२ किलो चिउरा निर्यात हुँदा  २१ लाख २० हजार रुपैयाँ  भित्रिएको छ।

यस्तै बेलायतमा ५ हजार १०६ किलो निर्यात हुँदा ६ लाख ५९ हजार रुपैयाँ र अमेरिकामा ३२ हजार ५५५ किलो चिउरा निर्यात हुँदा ७७ लाख ५० हजार रुपैयाँ भित्रिएको छ।

प्रकाशित: ८ साउन २०८१ १३:४९ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast