परराष्ट्रमन्त्रीसँग विद्यार्थीहरूको भेट, बंगलादेशमा रहेका विद्यार्थीको सुरक्षाका लागि आग्रह

हिमाल प्रेस ७ साउन २०८१ २०:०८
परराष्ट्रमन्त्रीसँग विद्यार्थीहरूको भेट, बंगलादेशमा रहेका विद्यार्थीको सुरक्षाका लागि आग्रह

काठमाडौं- आन्दोलन चर्किएपछि बंगलादेशबाट फर्किएका नेपाली विद्यार्थीहरूले परराष्ट्रमन्त्री आरजु राणालाई भेटेका छन्।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर उनीहरूले मन्त्री राणालाई भेटेका हुन्।

भेटका क्रममा उनीहरूले परराष्ट्रमन्त्री राणालाई आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा विदेशी विद्यार्थी असुरक्षित महसुस गरिरहेको जानकारी गराएका छन्।

राजधानी ढाका र त्यस वरपरका क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवासमेत अवरूद्ध भएकाले नेपाली विद्यार्थीहरू सम्पर्कविहीन हुँदा थप आत्तिएको उनीहरूको भनाइ थियो।

उनीहरूले कलेजभित्रै रहेका विद्यार्थीहरू सुरक्षित भए पनि इन्टरनेट, फोन आदि नहुँदा परिवारसँग सम्पर्क गर्न नपाएको जानकारी गराएका थिए।

त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन तथा आन्दोलनका कारण अध्ययनमा पर्न गएको असरलाई कम गर्नका लागि कूटनीतिक पहल गर्न उनीहरूले परराष्ट्रमन्त्री राणासँग आग्रह गरेका छन्।

सन् १९७१ मा भएको स्वतन्त्रता आन्दोलनमा सहभागी परिवारका सदस्यलाई सरकारी सेवामा सहज हुने गरी सरकारले आरक्षण लागू गरेपछि बंगलादेशमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

आन्दोलन उग्र बन्दै गएपछि सरकारले त्यहाँ अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

बंगलादेशमा आन्दोलन चर्किएपछि हवाई तथा स्थलमार्ग हुँदै आइतबारसम्म १ हजार २ सय विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ साउन २०८१ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast