परराष्ट्रमन्त्री राणा र जापानी राजदूतबीच भेट

हिमाल प्रेस ७ साउन २०८१ १८:५२ | Monday, July 22, 2024
परराष्ट्रमन्त्री राणा र जापानी राजदूतबीच भेट

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार शिष्टाचार भेट भएको छ। भेटमा राजदूत युताकाले जापानी परराष्ट्रमन्त्री कामिकावा योकोले दिएको बधाई सन्देश मन्त्री राणालाई प्रदान गरेका थिए।

साथै उनले जापानी प्रधानमन्त्री शिसिदा फुमियोले पनि प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई बधाई सन्देश पठाएको जानकारी गराएका थिए। बधाई सन्देशका लागि मन्त्री राणाले आभार व्यक्त गरेकी थिइन्।

भेटमा द्वीपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो।

प्रकाशित: ७ साउन २०८१ १८:५२ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast