गलैँचा र अलैँचीको निर्यात घट्यो

हिमाल प्रेस ७ साउन २०८१ १७:१३ | Monday, July 22, 2024
गलैँचा र अलैँचीको निर्यात घट्यो

काठमाडौँ- गत आर्थिक वर्षमा गलैँचा र अलैँचीको निर्यात घटेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकमा गलैँचा र अलैँचीको निर्यात घटेको देखाइएको छ।

गत आर्थिक वर्षमा १० अर्ब ५७ करोड २४ लाख रुपैयाँ बराबारको गलैँचा निर्यात भएको छ। अघिल्लो आवमा २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँको गलैँचा निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ९२ करोडभन्दा कमको गलैँचा निर्यात भएको हो।

आवमा २०७८/७९ कुल ९ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो। यस्तै गत आर्थिक वर्षमा अलैँचीको निर्यात पनि घटेको छ। गत आर्थिक वर्षमा सात अर्ब ९३ करोड ८१ हजारको रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा ८ अर्ब २७ करोड ६५ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।

अघिल्लो वर्षको तुलनामा गत वर्ष ३३ करोड ५५ लाखभन्दा कम अलैँची नियात भएको विभागले जनाएको छ। २०७७/७८ मा पनि ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।

यस्तै नेपालबाट तयारी फलाम निर्यात घटेको छ। गत वर्ष तयारी फलाम ६ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा तयारी फलाम ७ अर्ब रुपैयाँको निर्यात भएको थियो।

यसैगरी गत आर्थिक वर्षमा समग्रमा निर्यात घटेको छ। गत आवमा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवमा कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। अघिल्लो आवको तुलनामा निर्यात ३.०३ प्रतिशत घटेको हो।

प्रकाशित: ७ साउन २०८१ १७:१३ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast