बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंहले नाममा दाबी पेस गर्दै

हिमाल प्रेस ७ साउन २०८१ ७:४५ | Monday, July 22, 2024
बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंहले नाममा दाबी पेस गर्दै बहादुरसिंह लामा

काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्दैछन्। हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए। उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन्। नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।

प्रकाशित: ७ साउन २०८१ ७:४५ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast