भारतको लगातार दोस्रो जित

हिमाल प्रेस ६ साउन २०८१ १८:२४ | Sunday, July 21, 2024
भारतको लगातार दोस्रो जित

काठमाडौँ- भारतले एसीसी महिला ट्वान्टी-२० एसिया कपमा युएईविरुद्ध ७८ रनको फराकिलो जित निकालेकाे छ। लगातार दोस्रो जितसँगै समूह ‘ए’ को भारतले दुई खेलमा चार अंक जोडेको छ। दुवै खेलमा पराजित युएईले अंकविहिन छ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दा युएईले नेपालसँगको खेल ६ विकेटले गुमाएको थियो। रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भारतले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो।

युएईका लागि कविशा इगोडेजले अविजित ४०, कप्तान इशा ओजाले ३८ र खुशी शर्माले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउ सकेनन्।

भारतका लागि दिप्ती शर्माले दुई तथा रेनुका सिंह, तनुजा कन्वार पूजा वस्त्राकर र राधा यादवले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो।

भारतका लागि कप्तान हरमनप्रित कौरले ४७ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरिन्। यसैगरी ऋचा घोषले २९ बलमा १२ चौका र एक छक्काको मद्दतले अविजित ६४, सफाली वर्माले ३७, जामिमाह रोड्रिगेजले १४ र स्मृति मन्धनाले १३ रन बनाए।

युएईका लागि कविशा इगोडेजले दुई तथा समिरा धरणिधर्का र हिना होट्चन्दनीले समान एक विकेट लिए।

प्रकाशित: ६ साउन २०८१ १८:२४ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast