प्रधाननमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाइयो

हिमाल प्रेस ६ साउन २०८१ १५:४६ | Sunday, July 21, 2024
प्रधाननमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाइयो केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिबारेमा परेको रिट सुनुवाइ संवैधानिक इजलासबाट हुने भएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आइतबार भएको प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्तिबारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।

संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई त्यही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित तीनवटा रिट परेका थिए।

यसमा गम्भीर संवैधानिक विवाद देखिएको भन्दै न्यायाधीश ढकालको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय लिएको हो।

प्रकाशित: ६ साउन २०८१ १५:४६ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast