प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौँ, प्रतिपक्ष कस्तो हुनुपर्छ देखाउँछौँ : माओवादी

हिमाल प्रेस ६ साउन २०८१ १३:२५ | Sunday, July 21, 2024
प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौँ, प्रतिपक्ष कस्तो हुनुपर्छ देखाउँछौँ : माओवादी पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र सशक्त्त प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘आज प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको छ,’ उनले भने, ‘प्रतिपक्षी दल कस्तो हुनुपर्छ त्यो माओवादीले देखाउँछ।’

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्। ओलीले प्रधानमन्त्री नियुक्ति भएको एक सातामै विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री नियुक्ति भएको व्यक्तिले ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: ६ साउन २०८१ १३:२५ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast