अमेरिकी पत्रकार इभानलाई रुसमा १६ वर्षको कैद सजाय

हिमाल प्रेस ४ साउन २०८१ २१:३९ | Friday, July 19, 2024
अमेरिकी पत्रकार इभानलाई रुसमा १६ वर्षको कैद सजाय

रुस (रासस/एएफपी)- अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कैद सजाय सुनाएको छ। यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ।

पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ। गेर्शकोभिचले कठघरामा सजायप्रति कुनै प्रतिक्रिया दिएनन्। आफूलाई लैजाँदा उनले पत्रकारहरू हात हल्लाएका थिए।

आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार हुन्। उनलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गबाट हिरासतमा लिइएको थियो।

जर्नलका प्रकाशक अलमार लाटोर तथा प्रधान सम्पादक एम्मा टकरले एक विज्ञप्तिमा भनेका छन्, ‘यो अपमानजनक, देखावटी सजाय इभानले एक पत्रकारका रूपमा आफ्नो काम गर्दा गलत तरिकाले हिरासतमा लिएको, आफ्नो परिवार र साथीहरूबाट टाढा राखेको, रिपोर्टिङ गर्न रोकेको र चार सय ७८ दिन कारागारमा बिताएपछि आएको हो।’

रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ।

प्रकाशित: ४ साउन २०८१ २१:३९ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast