कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन : उद्योगमा आजै विद्युत् जोडिदिनू

हिमाल प्रेस ४ साउन २०८१ २०:३९ | Friday, July 19, 2024
कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन : उद्योगमा आजै विद्युत् जोडिदिनू केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणलाई उद्योगमा विद्युत् लाइन जोड्न निर्देशन दिएका छन्। डेडिकेटेड लाइन र ट्रंकलाइन विद्युत् वक्यौता विवाद समाधानको छलफलमा प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजै (शुक्रबार) लाइन जोड्न निर्देशन दिएका हुन्।

ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र उद्योगीहरूसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा छलफल गरेका थिए।

प्रधिकरणले डेडिकेटेड लाइन र ट्रंकलाइन प्रयोगबापत विद्युत् वक्यौता नतिर्ने उद्योगहरूको लाइन काटेको थियो।

प्रकाशित: ४ साउन २०८१ २०:३९ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast