कांग्रेस र एमालेबीच भएको ७ बुँदे सम्झौता सार्वजनिक गर्न माग

हिमाल प्रेस ४ साउन २०८१ १६:४७ | Friday, July 19, 2024
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सम्झौता सार्वजनिक गर्न माग

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहोराले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भएको सम्झौता सार्वजनिक गर्न माग गरेका छन्।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले आफूलाई सूचनाको हक अन्तर्गत असार १७ गते मध्यराति दुई दलबीच भएको सम्झौता पत्र उपलब्ध गराउन आग्रह गरे।

‘मिडियामा आए अनुसार राति १२ बजे ७ बुँदे एउटा सम्झौता भएको छ। त्यो बाहिर आएको छैन। संविधानको धारा २७ अनुसार सूचनाको हकलाई कतै कुण्ठित गरिएको त छैन?’ सांसद बोहोराले प्रश्न गरे।

प्रकाशित: ४ साउन २०८१ १६:४७ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast