ताेकिएकै समयमा १५औँ महाधिवेशन नभए निर्वाचनमा असर पर्छ : शेखर कोइराला

हिमाल प्रेस ४ साउन २०८१ ११:१५
50
SHARES
ताेकिएकै समयमा १५औँ महाधिवेशन नभए निर्वाचनमा असर पर्छ : शेखर कोइराला काठमाडौँमा शुक्रबार नेपाली कांग्रेसका ६ वटा महानगर समितिका सभापतिहरूसँगको छलफलमा नेता डा. शेखर कोइराला। तस्बिर स्रोत : कोइरालाको सचिवालय

काठमाडाैँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍.शेखर कोइरालाले ताेकिएकै समयमा १५औँ महाधिवेशन नभए पार्टी धराशयी हुने र निर्वाचनमा असर पर्ने बताएका छन्। काठमाडाैँमा शुक्रबार कांग्रेस महानगर समितिका सभापतिहरूसँगकाे छलफलमा डा‍. काेइरालाले यस्तो अभिव्यक्ति दिएका हुन्।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए। तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशयी हुने र त्यसको असर आगामी निर्वाचनमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन महानगरका सभापतिहरूलाई कोइरालाले आग्रह गरे।

महानगरका सभापतिहरूले आफूहरूको पार्टीमा मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए। भेटघाटमा महानगर सभापतिहरू नीलकाजी शाक्य (काठमाडौँ), सुवानन्द धाख्वा (ललितपुर), चित्रसेन अधिकारी (भरतपुर), दीपक चापागाईं (विराटनगर) र मनिन्द्र नेपाली (वीरगन्ज) सहभागी थिए।

प्रकाशित: ४ साउन २०८१ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast