सिमलताल पहिरोमा ज्यान गुमाएका परिवारलाई भरतपुर महानगरले दियाे दुई लाख 

हिमाल प्रेस ४ साउन २०८१ १०:०१ | Friday, July 19, 2024
सिमलताल पहिरोमा ज्यान गुमाएका परिवारलाई भरतपुर महानगरले दियाे दुई लाख 

चितवन- भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्। पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ।

बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन्।

प्रकाशित: ४ साउन २०८१ १०:०१ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast