काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेकाे छ। बिहीबार सार्वजनिक वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली ९३५.९३ अंकका साथ १७५औं स्थानमा यथावत छ।
दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत १२४ र माल्दिभ्स १६३औं स्थानमा छन्। यसैगरी नेपालभन्दा पछाडि भुटान १८२ बंगालदेश १८४, पाकिस्तान १९७ र श्रीलंका २०५औं स्थानमा छन्।
वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना कायम छ। फ्रान्स, स्पेन, इङ्ल्यान्ड, ब्राजिल, बेल्जियम, नेदरल्यान्ड्स, पोर्चुगल, कोलम्बिया र इटाली क्रमशः दोस्रो देखि १०औं स्थानमा छन्।
प्रकाशित: ३ साउन २०८१ १८:१९
प्रतिक्रिया