विराटनगरमा प्रहरीको गाडी दुर्घटना, ३० जना घाइते

हिमाल प्रेस २ साउन २०८१ २०:३० | Wednesday, July 17, 2024
विराटनगरमा प्रहरीको गाडी दुर्घटना, ३० जना घाइते

इटहरी- विराटनगरमा प्रहरीको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परेर ३० जना प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालका अनुसार मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको ना १ ग २५५९ नम्बरको गाडी आज (बुधबार)साँझ ५ः४० बजेतिर दुर्घटनामा परेको हो।

विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना दुर्घटनामा परेको हो। उक्त गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको रहेको दाहालले जानकारी दिए। प्रहरीका अनुसार आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठलगायत घाइते भएका छन्।

घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

गाडीमा ५४ जना प्रहरी सवार थिए। घाइते हुने अधिकांश प्रहरी जवानहरू रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ साउन २०८१ २०:३० | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast