बंगलादेशमा रहेका नेपालीलाई जरुरी काममा बाहेक बाहिर ननिस्कन निर्देशन

हिमाल प्रेस २ साउन २०८१ १३:५६ | Wednesday, July 17, 2024
बंगलादेशमा रहेका नेपालीलाई जरुरी काममा बाहेक बाहिर ननिस्कन निर्देशन बंगलादेशमा भएको आन्दोलन।

काठमाडौँ- ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो।

कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः + 880180691013 र + 8801745407958 मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

दूतावासले आज सूचना जारी गर्दै बङ्गलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बङ्गलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ। रासस

प्रकाशित: २ साउन २०८१ १३:५६ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast